१३ कार्तिक २०८३, शुक्रबार

माछापुच्छ्रे बैंकले ल्यायो ‘रेमिट्याप’ डिजिटल वालेट रेमिट्यान्स सेवा

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । माछापुच्छ्रे बैंकले टाइम्स रेमीट र ए.एम.भी. टेल कम्पनीसँगको सहकार्यमा ‘रेमिट्याप’ मोबाईल वालेट सेवाको सुभारम्भ गरेको छ ।

सर्वसाधरणको सुविधाको लागि ‘रेमिट्याप’ मोबाइल वालेट सेवा सञ्चालन सम्बन्धी त्रि–पक्षीय सम्झौता भए अनुरुप सोमबार एक कार्यक्रमकाबीच शुभारम्भ भएको हो ।

नेपालमा सुरु गरिएको पहिलो ३६० डिग्री ई–रेमिट्यान्स, ई–पेमेन्ट माध्यम हो जसको प्रयोग गरी छिटो, सस्तो र सहज तरिकाले रेमिट्यान्स पठाउन सकिने बैंकले जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले ‘रेमिट्याप’ वालेटबाट विशेष गरी विदेशमा रहनु भएका नेपालीहरु लाभान्वित हुने कुरामा आफू विश्वस्त रहेको बताए ।

वालेटमा विविध सुविधाहरु रहेको र अनलाईन, मर्चेन्ट भुक्तानी जस्ता सेवाहरु ‘रेमिकार्ड’ मार्पmत गर्न सकिने प्रविधिसमेत रहेको उनले जानकारी दिए ।

ए.एम.भी. टेल कम्पनीका प्रबन्ध निर्देशक अनिल शर्माले विदेशबाट बैंककै खाता÷वालेटमा आउने गरी पैसा पठाउन मिल्ने सुविधा ‘रेमिट्याप’मा रहेको बताए । यसमा नेपालको १०,००० ठाउँबाट रकम झिक्नसकिने व्यवस्था समेत रहेको उनले जानकारी दिए ।

‘रेमिट्याप’, आईओएस तथा एन्ड्रोएड दुवै अपरेटीङ सिस्टम प्रयोगकर्ताको लागि उपलब्ध रहेको बैंकले जनाएको छ ।

बैंकका हाल देशभर ९९ वटा शाखा कार्यालयहरु रहेका छन् । यस्तै बैंकले ७६ शाखारहित बैकिङ्ग इकाई तथा १२१ वटा एटीएमबाट पनि बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।