
डडेल्धुरा, २५ चैत । डडेल्धुरा जिल्ला सदरमुकाम तुफानडाडा चोकदेखी टुडिखेलसम्मको १८ सय मिटर सडक कालो पत्रेको हुने भएको छ ।
नेपाल सरकार सहरी विकास मन्त्रालय सहरी तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाईको सहयोगमा सडकको कालोपत्रे हुन थालेको हो ।
भ्याट बाहेक चार करोड सोह्र लाख सतचालिस हजार बयालीस रुपैयाँ लागत रहेको कालो पत्रे काम २०७७ फागुन २५ गते सक्ने गरि खड्का–मिनु जे.भी. अमरगढीसँग सम्झौता भएको थियो ।
सोमबार अमरगढी नगरपालिका प्रमुख विशेश्वर प्रसाद ओझा (विपिन)ले सडक कालोपत्रे कार्यको शुभारम्भ गरे । कालोपत्रे शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख ओझाले सम्झौता भएको मितिभित्रै गुणस्तरि काम गर्नका लागि ठेकेदारलाई निर्देशन दिए ।
कालोपत्रे सँगै सडकमा सोलार बत्तीको समेत व्यवस्थापन गरिने भएको हुँदा जिल्लाकै नमुना सडकको रुपमा रहने खड्का–मिनु जे.भी.का संचालक पदम भण्डारीले बताए ।












प्रतिक्रिया