२० कार्तिक २०८३, शुक्रबार

ट्राफिक प्रहरीलाई पाँच सय घुस दिन खोज्ने माइक्राेचालक पक्राउ

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडाैँ,  २४ चैत । काठमाडौंको सितापाइलामा चेकजाँचका क्रममा माइक्रोबसका चालकले ट्राफिक प्रहरीलाई पाँच सय रुपैयाँ घुस दिन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको छ।

बा१झ ७५७८ नम्बरको माइक्रोबसका चालक धादिङको–फिदिम–५ का डनबहादुर थापालाई स्वयम्भुबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

कागजपत्र विना माइक्रो चलाइरहेका थापाले कारवाहीबाट बच्न नगद ५ सय दिइ प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको प्रहरीले जनाएको छ। चालक थापालाई नगदसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।