
काठमाडौं, २३ चैत । बारा र पर्साका हुरी प्रभावितहरुलाई कर्णाली प्रदेश सरकारले एक करोड रुपैयाँ दिने भएको छ । प्रदेश २ को मुख्यमन्त्री राहत कोषमा जम्मा हुने गरी कर्णाली प्रदेश सरकार एक करोड दिने भएको हो ।
प्रदेश मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
यस्तै उक्त बैठकले ५० शैयाको कर्णाली प्रदेश अस्पताललाई शिक्षण अभ्याससहित ३०० शैयाको रेफर अस्पतालको रुपमा स्तरोन्नती गर्ने पनि निर्णय गरेको छ ।












प्रतिक्रिया