२० कार्तिक २०८३, शुक्रबार

महोत्तरीमा अगलागी, ३० लाखको क्षति

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

महोत्तरी, २३ चैत । महोत्तरी जिल्लाको जलेश्वरमा आज बिहान एक छापाखानामा आगलागी हुँदा रु ३० लाखको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, जलेश्वर नगरपालिका–२ स्थित महेन्द्रचोकमा सुरेन्द्र साहले सञ्चालन गर्दै आएको पशुपति छापाखानामा बिहान करीब ५ः३० बजे विद्युत् सर्ट भई आगलागी हुँदा रु ३० लाख बराबरको क्षति भएको हो ।

सो आगलगीमा परी छापाखानाको फ्लेक्स प्रिन्टर मेशिन, छापाखानाको ठूलो र सानो मेशिन, कागजपत्र, अन्य स्टेशनरी, फर्निचर तथा अन्य सरसामानसहित रु ३० लाखको सरसामान जलेर नष्ट भएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

छापाखानामा लागेको आगलागी जलेश्वर नगरपालिकाको बारुणयन्त्र, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा ६ः३० बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।