२० कार्तिक २०८३, शुक्रबार

कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


सप्तरी, २२ चैत । सप्तरी जिल्लाको छिन्नमस्ता गाँउपालिका–३ गोबिन्दपुरस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले कुटवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सुपौल डगमारा ग्राम १२ घर बताउने २३ बर्षीय रमेश कुमार मण्डल छन् ।उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छिन्नमस्ताबाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्रबहादुर थापाको कमाण्डमा खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो ।

भारततर्फ पैदल जाँदै गरेका मण्डललाई शंका लागि जाँच गर्दा उनको साथमा कटुवा पेस्तोल फेला परेपछि पक्राउ गरिएको सशस्त्रले जनाएको छ ।