१२ कार्तिक २०८३, बिहिबार

बेनी र कुश्मामा मुक्तिनाथ विकास बैंकको शाखा विस्तार

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । मुक्तिनाथ विकास बैंकले म्याग्दी र पर्वत गरी दुई जिल्लामा थप दुई ओटा शाखा विस्तार गरेको छ । म्याग्दीको वेनी तथा पर्वतको कुश्मामा बैंकले शाखा कार्यालय विस्तार गरेको हो ।

वेनीशाखाको बिहीबार वेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उदेघाटन गरे । यस्तै पर्वतको कुुश्मा शाखाको उद्घाटन प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले गरे ।

कार्यक्रमका सभापति तथा बैंकका अध्यक्ष खिमप्रकाश मल्लले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए ।