
काठमाडौं, २० चैत । कामना सेवा विकास बैंक लिमिटेडको नयाँ शाखा मोरङ्गको पथरीमा स्थापना गरेको छ । पथरी सनिस्चरे नगरपालिकाको वडा नं ०१, पथरी बजारमा बैंकको ८० औं शाखाको रुपमा कारोबारको शुभारम्भ भएको हो ।
उक्त शाखाको बैंकका संचालक बलराम बराल र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उद्घाटन गरे ।
बैंकका हाल देशभर ८० वटा शाखा रहेका छन् । यस्तै बैंकले ३४ वटा एटीएम मार्फत पनि बैंकिङ सेवा प्रदान गरिरहेको छ ।














प्रतिक्रिया