२० कार्तिक २०८३, शुक्रबार

सहकारी ऐन संशोधनको तयारी भैरहेको छ : सांसद महत

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–बिजय चालिसे
कावासोती, २० चैत । ६२ औँ सहकारी दिवस बुधवार नवलपुरमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । ‘दिगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी’ भन्ने मुल नारा सहित राष्ट्रिय सहकारी दिवस नवलपुरमा पनि मनाईएको हो ।

दिवसका अवसरमा जिल्लाको सदरमुकाममा कावासोती नगरपालिकाको आयोजनामा गण्डकी प्रदेश स्तरिय वक्तृत्वकला प्रतियोगिता, नगर स्तरिय अन्तर सहकारी हाजिरी जवाफ प्रतियोगिता, नगर स्तरिय उत्कृष्ट सहकारी सम्मान एवं प्रोत्साहन, सहकारी कर्मचारी समाज नवलपुरका सस्थापकहरलाई सम्मान लगायतका कार्यक्रम गरि मनाईएको हो । नगर प्रमुख चन्द्रा कुमारी पुनको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य एवं नेकपाका केन्द्रिय सदस्य तिलक महत रहेका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि महतले सहकारी सम्बन्धी ऐन संशोधनको तयारी भैरहेको बताए ।