२० कार्तिक २०८३, शुक्रबार

नैतिक र सामाजिक शिक्षा नेपालीमा पढाउने निर्णयबारे प्याब्सनको बिरोध

5.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–बिजय चालिसे
कावासोती, १९ चैत । नवलपुरको देवचुली नगरपालिकामा आगामी शैक्षिक सत्रबाट सामाजिक र नैतिक शिक्षा नेपाली भाषामा अध्यापन गराउने निर्णय सार्वजनिक गर्नु पुर्व नै विरोध भएको छ ।

नगरपालिकाले मंगलबार पत्रकार सम्मेलन नै गरेर देवचुली नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा सामाजिक र नैतिक शिक्षा अनिवार्य गरि नेपाली भाषामा अध्यापन गराउने निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

तर पत्रकार सम्मेलन भन्दा अघि नै नगरका सरोकारवालाहरुको छलफल कार्यक्रम सकिए लगत्तै प्याब्सनले विरोध गरेको हो । प्याब्सन देवचुली नगर संयोजक ढाकाराम भट्टराईले नगरपालिकाको निर्णय आफुरुलाई मान्य नभएको बताए ।

उनले नगरपालिकाले नगरभित्रका शैक्षिक सरोकारवालाहरुलाई वेवास्ता गर्दै एकलौटी निर्णय गरेको आरोप लगाए । उनले भने, ‘यो निर्णय हामिलाई मान्य छैन, नगरपालिकाले सरोकारवालाहरुसंग छलफल नै नगरि एकलौटी निर्णय लिनु गलत भएको छ ।’

नगरपालिकाले भने निर्णय शिक्षा क्षेत्रको सुधारमा कोसेढुङा सावित हुने दावी गरेको छ ।

पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद भुषालले नगरपालिकको निर्णय सहि भएको भन्दै यसले विद्यार्थीहरुलाई नैतिकवान बनाउन थप मद्वत पुग्ने बताए । उनले पछिल्लो समय समाजमा नैतिक चरित्र भएका व्याक्तिहरु कम भएको दावी गर्दै भविष्यका कर्णधारहरुलाई नैतिकवान बनाउन यस्तो निर्णय लिईएको बताए ।

रपालिकको सोमबार बसेको बैठकले सामाजिक र नैतिक शिक्षा नेपाली भाषामा पढाउने सहित अन्य विभिन्न निर्णय गरेको थियो । कार्यपालिका बैठकले वडा कार्यालय निर्माण तथा ब्यवस्थापन, सार्वजनिक, सरकारी, प्रति जग्गाको लगत संकलन, दनगरका सबै विद्यालयमा बाल उद्यान निर्माण लगायतका निर्णय गरेको थियो ।