२० कार्तिक २०८३, शुक्रबार

हावाहुरी प्रभावित क्षेत्रका लागि नवलपुरमा रक्तदान

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–बिजय चालिसे
कावासोती, १९ चैत । हावाहुरीबाट प्रभावित बारा, पर्सालगायतका जिल्लाहरुका घाईतेका लागि मङ्गलबार नवलपुरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय १९ जनाले रक्तदान गरेका छन् ।

नवलपुर उधोग बाणिज्य सङ्घ कावासोती, रेडियो सामर्थ्य र रोटरी क्लब अफ कावासोतिको संयुक्त आयोजना तथा नेपाल रेडक्रस उपशाखा कावासोतिको संयोजनमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय १९ जनाले रक्तदान गरेको रेडियो सामर्थ्यका प्रबन्ध निर्देशक सागर पोखरेलले जानकारी दिए ।

८४ औं पटक रक्तदान गर्नुभएका कावासोति १६ का शिव गिरिलाई ब्लड ब्याग हस्तान्तरण गरि रक्तदान कार्यक्रम सुरु गरिएको थियो । रक्तदान कार्यक्रममा श्री नम्बर २ बन तथा पर्यावरण सुरक्षा गण हात्तिखोर र रास्ट्रीय सेवा दल मध्य तालिम शिक्षालय हात्तिखोरबाट ४४ जनासहित नवलपुरमा क्रियाशिल पत्रकार लगायत गरि १ सय १९ जनाले रक्तदान गरेका थिए ।

नवलपुरका विभिन्न सामाजिक अभियानकर्ताको आव्हानमा गरिएको रक्तदान कार्यक्रममा रेडियो कावासोती, सीजी ईन्डस्ट्रीयल पार्क, सप्तगण्डकी मल्टी प्रपोज कम्पनी, जाग्रीती बाल तथा सरोकार नेपाल, कस्मिक नेट, सिद्धार्थ आवासिय माबी, नेपाल ईन्टेलेक्चुअल ईनोभेटिभ सस्था, फलफुल व्यावसायिलागायतको सहकार्य रहेको थियो।

सामाजिक उतरदायित्व कार्यक्रम अन्तरगत रहेर बारा, पर्सालगायतका जिल्लामा हावा हुरिका कारण घाईते भएका विरामिहरुको उपचारमा रक्त अभाव परेको विभिन्न सन्चार माध्यमबाट सुचना आएकाले रक्तदान कार्यक्रम गरिएको नवलपुर उधोग बाणिज्य सघका अध्यक्ष डासुराज पोखरेलको भनाई छ ।