२० कार्तिक २०८३, शुक्रबार

नेपालीहरु परापूर्वकाल देखि नै अनुसन्धानमा पोख्त : प्रधानमन्त्री ओली

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु परापूर्वकाल देखि नै अनुसन्धानमा पोख्त भएको बताएका छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको ४२ औं प्राज्ञ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विद्वान पूर्खाका सन्तान भएकोले जेनेटिक मेमोरीले नेपालीहरुलाई अध्ययन अनुसन्धानमा पोख्त बनाएको बताए ।

‘हाम्रा पुर्खाले आफ्नो अभ्यासलाई सैद्धान्तिकिरण गर्न सकेनन्’, ओलीले भने, ‘प्रधानमन्त्री ओलीले भने, ‘तर उनीहरुले अध्ययन अनुसन्धान गरेरै धेरै कुरा पत्ता लगाएर त्यसको उपयोग दैनिक जीवनमा गरे । जंगलका झारपातलाई जडिबुटीको रुपमा प्रयोग गर्नु त्यसकै एउटा उदाहरण हो ।’

प्रधानमन्त्री ओलीले नेपालीहरु हिनग्रन्थी लिएर हिड्न नुहने पनि बताए । ‘हामी गरिव छौँ, अविकसित देशमा छौँ भनेर हामीले हिनग्रन्थी पाल्नु पर्दैन’ प्रधानमन्त्री ओलीले भने, ‘हामी विद्वान पूर्खाका सन्तान हौं । केही समयसम्म शासकको कमजोरी अलि पछि परिएको हो । तर, अब त्यस्तो अवस्था रहँदैन ।’

प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई नयाँ नयाँ अनुसन्धानमा लाग्न सुझाए । ‘समृद्ध नेपाल, सुखी नेपालीलाई गन्तव्यमा राखेर अनुसन्धानका कामहरु अघि बढाउनुहोस् । तपाईंहरुका अनुसन्धानबाट देशले लाभ लिन सक्नुपर्दछ’, ओलीले भने ।