
काठमाडौँ, १९ चैत । बेरुजु फर्छ्योटमा सबैभन्दा अघि नेपाल प्रहरी देखिएको छ । मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा रहेको बेरुजु फर्छ्योट तथा अनुगमन समितिले सरकारी बेरुजु फर्छ्योट सम्बन्धी काम गरिरहेको छ । जसअन्तर्गत सर्वेन्द्र खनाल नेतृत्वको नेपाल प्रहरी सम्पूर्ण सरकारी निकायमध्ये ८५.१४ प्रतिशत बेरुजु फर्छ्योट गरेर सर्बोत्कृष्ट अंक प्राप्त गरेको हो ।
गृह मन्त्रालय स्रोतका अनुसार, बेरुजु फर्छ्योटमा सर्बोत्कृष्ट अंक प्राप्त गरेपछि नेपाल प्रहरीका आईजीपी खनाल, प्रबन्ध तथा मानव स्रोत विभाका प्रमुख तथा एआईजीपी ठुले राई, एसएसपी दीपक थापा, डीएसपी मदनकुमार थापा, प्रहरी निरीक्षक दिनेश तिमिल्सिना र प्रहरी जवान फनाधर खनाललाई गृह मन्त्रालयले पुरस्कृत गर्ने निर्णय गरेको छ ।
आईजीपी खनाललाई आठ हजार नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गरिदैछ भने एसएसपी थापा, डीएसपी थापा, इन्स्पेक्टर तिमिल्सिना र प्रहरी जवान खनाललाई ६/६ हजार नगद तथा प्रशंसा पत्रद्वारा गर्ने निर्णय गृह मन्त्रालयले गरेको छ ।
महालेखा परीक्षकको कार्यालयले प्रस्तुत गरेको २०७३/०७४ आर्थिक वर्षको बेरुजु रकम रु. ५ खर्ब आठ करोड रहेकाले त्यसको फछ्र्यौटका लागि नेपाल सरकारले मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा बेरुजु फछ्र्यौट तथा अनुगमन समिति गठन गरेर बेरुजुको अंकलाई न्यूनतम्मा झार्ने अभियान थालेको हो ।
२०७३/०७४ को महालेखा परीक्षकको प्रतिवेदनले उल्लेख गरेको बेरुजु मध्ये गृह मन्त्रालय अन्तरगतका ८८४ कार्यालय मध्ये ३३९ कार्यालयहरुमा बेरुजु रकमको अंक २ अर्ब ३१ करोड ६६ लाख आठ हजार रहेको थियो ।
त्यसमा नेपाल प्रहरी अन्तरगतका ४४१ कार्यालय मध्ये १२९ कार्यालयहरुमा रु. ४९ करोड ५५ लाख ५३ हजार बेरुजु देखिएको थियो । गृह मन्त्रालय अन्तरगतको रु. २ अर्ब ३१ करोड ६६ लाख आठ हजार यो बेरुजु रकम तात्कालीन गृह सचिव नारायण गोपाल मलेगो (२०७३ साउन १ गतेदेखि २०७३ कात्तिक २० गते र अर्का तात्कालीन गृह सचिव लोकदर्शन रेग्मी २०७३ मंसिर १ गतेदेखि २०७४ असार ३१ गतेसम्म रहँदा बेरुजु रकम रु २ अर्ब ५३ करोड ६८ लाख ९७ रहेको थियो ।












प्रतिक्रिया