
काठमाडौं, ७ चैत । मुक्तिनाथ विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवासम्बन्धी सम्झौता भएको छ ।
सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरूङ्ग र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले हस्ताक्षर गरे ।
सम्झौताअनुसार अब मुक्तिनाथबिकास बैंकले देशभर रहेका१२० शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ ।














प्रतिक्रिया