२८ आश्विन २०८३, बुधबार

अहिलेको सरकार नै जनसरकार हो : प्रधानमन्त्री ओली

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर ३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रदेश कमिटीका सदस्यहरुलाई कुशल संगठक, सहि विचारका संवाहक र अनुशासनका प्रतिमूर्तिका रुपमा समाजमा प्रस्तुत हुन निर्देशन दिएका छन् ।

नेकपा प्रदेश कमिटी प्रदेश नम्वर १ को पहिलो वैठक तथा सपथ ग्रहण समारोहलाई सम्वोधन गर्दै उहाँले त्यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले सामाजिक चेतना र विकास निर्माणका अभियन्ताका रुपमा सफलता मिलोस् भन्ने शुभकामनासमेत दिए ।

प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई जनताले दुई तिहाई वहुमत दिएको हुनाले यो सरकार नै जनसरकार भएको दाबी गरे । “ती जनताकै लागि सरकारले काम गरिरहेकाले यो सरकार नै जनसरकार हो ।” प्रधानमन्त्री ओलीले भने, “कम्युनिष्ट पार्टीको सरकार कस्तो हुन्छ भन्ने कुरा यो सरकारले देखाउने छ ।”

आधुनिक देश,आधुनिक प्रदेश र आधुनिक स्थानीय सरकार कस्तो हुन्छ भन्ने देखाउन त्यहि ढंगले काम गर्न उनले निर्देशन दिनुभयो । उहाँले प्रदेश कमिटीका सदस्यहरुलाई स्थानीय तहलाई निर्देशन कम सुझाव बढि दिन सल्लाह दिए ।

प्रधानमन्त्री ओलीले आउँदो चुनावमा दुई तिहाई भन्दा वढि मतसहितको सरकार बनाउने दावी गरे । “नेकपा वैचारिक हिसावले स्पष्ट छ ” प्रधानमन्त्रीले भने, “हरेक राष्टिय मुद्धामा हाम्रो मत स्पष्ट छ ।”