शनिबार, ९ चैत २०७५
DainikNepal.com
शनिबार, ९ चैत २०७५

बालिकालाई आत्मरक्षा तालिम

दैनिक नेपाल २०७५ चैत २ गते १४:१५

सुर्खेत, २ चैत । बालिकामाथि हुने हिंसाबाट बच्न यहाँका विद्यालयमा आत्मरक्षा ९सेल्फ डिफ्यान्स० सम्बन्धी प्रशिक्षण शुरु गरिएको छ । बालिकालाई विद्यालयमै पुगेर सैद्धान्तिक र प्रयोगात्मक अभ्याससहित हिंसाबाट जोगिने उपायका बारेमा प्रशिक्षण प्रदान गर्न थालिएको हो ।

यस्तो प्रशिक्षण लिएका बालिकाले आफ्ना साथीलाई हिंसाबाट कसरी बच्ने भन्ने विषयमा समेत प्रशिक्षण दिने गरेका छन् । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय करैखोलाका छात्रा निश्चल कोइरालाले एक्लो अवस्था वा बाटोमा हिँड्दा आफूहरुमाथि हुने हिंसा रोक्न तालीमले सहयोग पुग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “महिला हिंसाबारे चेतना जगाउने र कोही आइलागेको खण्डमा प्रतिकार गर्न सक्नेको क्षमताको विकास गर्ने उद्देश्यले सञ्चालित प्रशिक्षणबाट हिंसामा संलग्नबाट आफू कसरी उम्किन सकिन्छ र आफ्नो अङ्गको सुरक्षाका लागि के गर्न सकिन्छ भन्नेबारे ज्ञान दिने गरिएको छ ।”

ग्लोबल एक्सनका सामाजिक परिचालक मीना विश्वकर्माले आत्मरक्षामा बालिकामाथि बाहिरबाट हुने आक्रमणका विषयमा प्रशिक्षित गराइएको बताउनुभयो । शारीरिक प्रतिरक्षाका साथै महिला हिंसाका कारण, कानूनी उपचार र अन्यायमा परेमा न्यायका लागि लड्ने विषयमा समेत परामर्श दिइएको उहाँले जानकारी दिनुभयो । सुर्खेतका १२ विद्यालयका ३६० बालिकाले आत्मरक्षासम्बन्धी तालीम प्राप्त गरिसकेका छन् । – रासस

प्रतिक्रिया
सम्बन्धित