बिहीबार, ७ चैत २०७५
DainikNepal.com
बिहीबार, ७ चैत २०७५

तलबबाट सर्पदंश केन्द्रलाई सहयोग गरे यी प्रदेशसभा सदस्यले

दैनिक नेपाल २०७५ चैत २ गते १०:१९

लहान, २ चैत । सर्पदंश उपचार केन्द्रको उपकरणका लागि प्रदेशसभा सदस्य रुवीकुमार कर्णले आफ्नो तलबबाट नगद सहयोग प्रदान गर्नुभएको छ ।

सर्पदंश केन्द्र उपकरण खरीदका लागि प्रदेशसभा सदस्य कर्णले फागुन महीनाको तलबबाट रु ४० हजार ५०० नगद सहयोग प्रदान गर्नुभएको हो । केन्द्र व्यवस्थापन समितिका अध्यक्ष उसमान मियाँलाई शुक्रबार प्रदेशसभा सदस्य कर्णले सो रकम हस्तान्तरण गर्नुभयो ।

स्थानीयको सुविधालाई दृष्टिगत गरी सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरमा नेपाली सेना भिम दल गणले सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि सुरक्षा वेश टोली स्थापना गरिसकेको तर आवश्यक औजार तथा उपकरण जुटन नसकेका कारण सञ्चालनमा समस्या भइरहेकाले आफ्नो तलबबाट आर्थिक सहयोग गरेको प्रदेशसभा सदस्य कर्णले बताउनुभयो ।

सोही अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता एंव सो नगरपालिकाका प्रमुखका प्रत्यासी जयप्रकाश चौधरीले अक्सिजन प्लान्ट एक थान उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । –रासस

प्रतिक्रिया
सम्बन्धित