बिहीबार, ७ चैत २०७५
DainikNepal.com
बिहीबार, ७ चैत २०७५

कैलालीमा जन्ती बाेकेकाे बसमा आगजनी

दैनिक नेपाल २०७५ फागुन ३० गते १५:२८

काठमाडौं, ३० फागुन । कैलालीको बडैपुरमा जन्ती बोकेको बसमा आगजनी भएको छ । नेपाल बन्द आव्हान गरेको विप्लव समुहले बन्दको अवज्ञा गरेको भन्दै आगजनी गरेको हो ।

पूर्वबाट पश्चिमतर्फ गुडेको म १ ख ४४१ नम्बरको बसमो आगजनी भएको प्रहरीले जनाएको छ ।

प्रहरीले विवाहको गाडीलाई केही नहुने भन्दै सञ्चानलनका लागि सुरक्षा दिएकोमा विप्लव समुहका कार्यकर्ताले आगजनी गरेका हुन् ।

बसमा सवार यात्रुलाई ओरालेर आगजनी गरिएको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ । आगजनीबाट बस पूर्ण रुपमा क्षति भएको छ ।

यस्तै भीमदत्त राजमार्गको गोदावरी सडक खण्डमा बन्दका दिन गाडी चलाएको भन्दै रोक्न खोज्ने तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक आभूषण तिमिल्सेना जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित