२८ आश्विन २०८३, बुधबार

प्रधानमन्त्री ओलीले भेटे बौद्ध भिक्षु अश्वघोषलाई, गरे स्वास्थ्य लाभको कामना

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मका ज्येष्ठ संघ नायक भिक्षु अश्वघोषको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने बताएका छन् ।

बुधबार अपरान्ह ग्राण्डी अस्पतालमा पुगेर प्रधानमन्त्री ओलीले अश्वघोषको स्वास्थ्य लाभको कामना पनि गरेका छन् । अस्पतालको व्यवस्थापन र चिकित्सकहरुलाई अश्वघोषको उपचारमा कुनै कमी नगराउन पनि प्रधानमन्त्री ओलीले आग्रह गरे ।

९३ बर्षीय भिक्षु अश्वघोष ध्यानकुटी बिहार बनेपाको प्रमुख र क्षेत्रपाटी संघाराम बिहारका संस्थापक हुन् । उनी दुई साता देखि उपचाररत रहेका छन् ।