२८ आश्विन २०८३, बुधबार

अर्को पटक प्रदेश २ मा नेकपा सबैभन्दा ठूलो दल बन्छ : प्रधानमन्त्री ओली

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले अर्को चुनावमा प्रदेश २ मा नेकपा सबैभन्दा ठूलो दल बन्ने दाबी गरेका छन् ।

रौतहटको गरुडमा आयोजित नेकपाको आमसभालाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्थानीयदेखि संघीय सरकारसम्म नेकपाको नेतृत्व भएकाले अबको राजनीति विकासको राजनीति हुने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले जनताको भोटलाई उच्च कदर गर्दै देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने बताए ।

उनले भने, ‘अब सम्प्रदाय, जातजाति र भूगोलको राजनीति गर्ने समय गयो। सबैको साझा समस्या व्याप्त गरिबी निवारण र विकासको बाटोमा हिँड्ने समय हो ।’

प्रधानमन्त्री ओलीले दुई पार्टी बीचको एकता सुनिएर मोटाउनका लागि नभए देशमा नमुना विकास गरेर देखाउनका लागि भएको बताए ।