
काठमाडाैँ, २४ फागुन । सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमतिको पहिलो बुँदामा राउतले मुलुकको अखण्डता स्वीकार गरेका छन् भने सरकारले गठबन्धनका कार्यकर्ताहरुमाथि लागेको मुद्दा फिर्ता लिने भएको छ ।
राष्ट्रिय सभागृहमा जारी कार्यक्रममा अहिले राउतले सम्बोधन गरिरहेका छन् ।













प्रतिक्रिया