२८ आश्विन २०८३, बुधबार

सहिदको सपना पूरा गर्न पार्टी एकता भएको हो : प्रधानमन्त्री ओली

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदको सपना पूरा गर्न पार्टी एकता गरिएको बताएका छन् । ४६ औं सुखानी स्मृति दिवशको अवसरमा मंगलबार झापामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले देशै भरी विकासको माहोल ल्याएको बताए ।

प्रधानमन्त्री ओलीले वि. सं. २०२९ सालमा जनताका हक अधिकारको माग गर्ने युवाहरुलाई जेल सार्ने बहानामा सुखानीमा ल्याएर गोली हानेर मारिएको प्रधानमन्त्री ओलीले स्मरण गरे ।

“म भागेर बचें नत्र त्यती बेला म पनि मारिन सक्थें” प्रधानमन्त्री ओलीले भने, “हामीले त्यसबेला पञ्चायतको अन्त्य र गणतन्त्र स्थापनाको माग उठाएका थियौं ।”

प्रधानमन्त्री ओलीले झापा आन्दोलनले उठाएका र पूरा हुन बाँकी रहेका मागहरु त्यसपछिका कम्यूनिष्ट आन्दोलनले पूरा गरेको बताए ।

“झापा आन्दोलनका सहिद मात्र होइन गणतन्त्रका लागि लडेका सबै सहिदहरुको योगदान महत्वपूर्ण छ” प्रधानमन्त्री ओलीले सुखानीबाट भने, “म यही सहिद भूमिबाट भन्न चाहन्छु तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी)को पार्टी एकता पनि सहिदका सपना पूरा गर्नका लागि भएको हो ।”

प्रधानमन्त्री ओलीले भने, “म यो सहिद भूमीबाट फेरी एक पटक आह्वान गर्छु ,कोही वास्तविक कम्यूनिष्ट हुनुहुन्छ भने नेकपा आएर समाहित हुनुहोस् ।”

२०२९ साल फागुन २१ गते झापबाट इलाम जेल सार्ने बहानामा रामनाथ दाहाल, नेत्र घिमिरे,कृष्ण कुंइकेल, विरेन राजवंसी र नारायण श्रेष्ठलाई सुखानीको जंगलमा गोली हानी हत्या गरिएको थियो ।

कार्यक्रममा नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि मन्तव्य राखेका थिए ।