
काठमाडौं, १६ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएका कारण छैंटौ लमजुङ महोत्सव सरेको छ ।
फागुन १७ गतेदेखि हुने तय भएको महोत्सव १९ गतेसम्मका लागि सरेको महोत्सव मूल समारोह समितिका संयोजक राजेश थापाले जानकारी दिए । फागुन १७ गतेदेखि २६ गतेसम्म हुने भनिएको महोत्सव अब फागुन १९ गतेदेखि २९ गतेसम्म हुने उनले जानकारी दिएका छन् ।
फागुन १७ गते महोत्सव उद्घाटनका दिन स्वर्गीय मन्त्री अधिकारीको राजकिय सम्मानका साथ अन्त्येष्टि हुने भएकाले महोत्सव सारिएको थापाले बताए । बिहीबार एक विज्ञप्ती निकाल्दै थापाले घटना प्रति दुःख ब्यक्त गर्दै मन्त्री अधिकारीसहित हेलिकप्टर दुर्घटनामा मृत्यु हुने सात जनाप्रति समवेदना प्रकट गरेका छन् ।













प्रतिक्रिया