
काठमाडौं, १५ फागुन । माछापुच्छ्रे बैंक लिमिटेडले बर्दियाको ठाकुरबाबा नगरपालिकामा ठाकुरद्वार शाखाकार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको बुधबार एक कार्यक्रमकाबीच बैंकका अध्यक्ष तथा पूर्व सभासद् डा. बिरेन्द्रप्रसाद महतोले उद्घाटन गरे ।
सो शाखाबाट ग्राहकहरुले कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैकिङ्ग सुबिधा उपयोग गर्न सक्ने बैंकले जनाएको छ । यस्तै बैंकले उक्त शाखामा २४ सै घण्टा सञ्चालनमा आउने गरी एटीएमको पनि व्यवस्था गरेको जनाएको छ ।
बैकका हाल देशभर ९४ वटा शाखाहरु रहेका छन् । यस्तै बैंकले ६३ शाखा रहित बैकिङ्ग सेवा तथा ११६ वटा एटीएम मार्फत बंैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।














प्रतिक्रिया