२० कार्तिक २०८३, शुक्रबार

मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना

17.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।

काठमाडौँबाट कार्यक्रमका लागि ताप्लेजुङ गएको मन्त्री अधिकारी सवार एयर डाइनेष्टीको हेलिकप्टर केहीबेर अघि दुर्घटना भएको हो । प्रधानमन्त्री कार्यालयले हेलिकप्टर बेपत्ता भएको पुष्टि गरेको छ ।

पाथिभारा मन्दिर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरीक्षणका लागि जाँदै गर्दा हेलिकप्टर दुर्घटनामा परेको हो । हेलिकप्टरमा चालक दलका सदस्यसहित ६ जना थिए ।

मन्त्री अधिकारीकी धर्मपत्नी विद्या भट्टराईले आफूले पनि दुर्घटनाको बारेमा सुनेको तर विस्तृत जानकारी नपाएको दैनिक नेपाललाई बताउनुभयो ।

थप विवरण आउन बाँकी छ ।