२० कार्तिक २०८३, शुक्रबार

पहिरो खसेर दार्चुलामा एक जनाको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला, १४ फागुन । दार्चुलाको दुहु गाउँपालिका–३ राता काठा भन्ने स्थानमा माथिबाट पहिरो खस्दा एक जनाको मृत्यु भएको छ ।

पहिरोमा पुरिएर नौगाड गाउँपालिका–४ सिप्टी बस्ने ३८ वर्षीय रघुबिर सिंह धामीको मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

धामी समेत ६ जना घरबाट भेंडा–बाख्रा लिई सोमबार राति ब्यास गाउँपालिकातर्फ गोरेटो बाटो हुँदै गइरहेको अवस्थामा पहिरो खस्दा थप ५ जना घाइते भएका छन् ।

प्रहरी चौकी ब्रम्हदेबबाट खटिएको प्रहरीले उद्दार गरी घाइतेहरु उपचारको लागि जिल्ला अस्पताल दार्चुला पठाएको थियो । धामीको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।