२० कार्तिक २०८३, शुक्रबार

श्रीमतीलाई कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ 

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १४ फागुन । आफ्नै श्रीमतीलाई कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मेचीनगर नगरपालिका-१५ बस्ने ३५ वर्षीय लखिन्द्र राजबंशीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।  घरायसी विवादमा उनले श्रीमती ३४ वर्षीया चम्पली राजबंशीलाई बाँस तथा कोदालोले टाउकोमा प्रहार गरेका थिए ।

श्रीमानकाे कुटाईबाट चम्पलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।