२० कार्तिक २०८३, शुक्रबार

सार्वजनिक विदा दिने निर्णय

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, १४ फागुन । भाषाशास्त्री प्राध्यापक बालकृष्ण पोखरेलको निधनमा विराटनगर महानगरपालिकाले शोक बिदा दिएको छ ।

गएको आइतबार निधन भएका पोखरेलको सम्मानमा विराटगर महानगरपालिकाको सोमबारको बोर्ड बैठकले महानगरपालिकाभित्र सार्वजनिक बिदा दिएको हो ।

विराटनगर महानगरपालिकाको कार्यपालिकाको बोर्ड बैठकपछि सूचना प्रकाशित गर्दै भाषाशास्त्री पोखरेलले नेपाली भाषा तथा साहित्यको क्षेत्रमा पुर्‍याउनु भएको अमूल्य योगदान र उनीप्रति सम्मानका लागि शोक बिदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।

विराटनगर महानगरपालिका भित्रका १९ वटै वडा कार्यालयहरू, महानगरपालिका भित्रका सामुदायिक विद्यालय, संस्थागत विद्यालयहरुले शोक बिदा दिने सूचनामा उल्लेख गरिएको छ ।

वरिष्ठ साहित्यकार एवं भाषाशास्त्री प्राध्यापक बालकृष्ण पोखरेलको विराटनगर–१ मा रहेको परोपकार घाटमा आइतबार अन्त्येष्टि गरिएको थियो ।