शुक्रबार, १३ वैशाख २०७६
DainikNepal.com
शुक्रबार, १३ वैशाख २०७६

नवलपुर महोत्सव हेर्न आए अहिलेसम्मकै बढी दर्शक

दैनिक नेपाल २०७५ माघ २६ गते १८:३१

–बिजय चालिसे
माघ, २६, कावासोती । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा कावासोतीमा जारी पाँचौं नवलपुर महोत्सवमा शनिबार सबैभन्दा धेरै दर्शकहरुले अबलोकन गरेका छन् । महोत्सवमा १र२ दिन मौसमले अबरोध गरेपनि आज एकै दिन झण्डै २० हजार बढी दर्शकले अबलोकन गरेको आयोजकले दाबी गरेको छ ।

शनिबार सार्वजनिक बिदा भएकाले पनि दर्शकहरुको भिड बढेको नवलपुर उधोग बाणिज्य सङ्घका महासचिव एवं महोत्सवका प्रवक्ता बैकुण्ठ प्रसाद अर्यालले बताए ।

शनिबार गायिका आस्था रावतको बेजोड प्रस्तुतिमा दर्शक झुमेका थिए । त्यस्तै गायिका सावित्री जोशी, राजेन्द्र कंडेल हास्य कलाकार नवराज अधिकारी र राशी रिजालको जोडिलगायतका कलाकारहरुको प्रस्तुतिले दर्शकहरुमा मनोरञ्जन थपिएको थियो ।

भोलि गायक रमेश राज भट्टराई, सुनिता अधिकारी चर्चित हास्य टेलिश्रीन्खला मेरि बास्सैका हास्य कलाकार ठ्यास कुमारी र प्याकुलीको बेजोड प्रस्तुती रहने सास्कृतिक सयोजक गोविन्द क्षेत्रीले जानकारी दिए ।

महोत्सवमा शनिबार सम्पन्न रास्ट्रिय लोक दोहोरी गित प्रतियोगितामा लोक दोहोरी गित प्रतिस्ठान स्याङ्जा बिजयी भएको छ भने प्रतिस्ठान धादिङ दित्तिय भएको छ । प्रथम भएको स्याङ्जाले नगद ४० हजार पुरस्कार प्राप्त गरेको छ भने दित्तिय भएको धादिङले २५ हजारमा चित्त बुझाएको छ । यसअघि हिजो नै प्रतिस्ठान नवलपुरले तृतीय स्थान हासिल गरेको थियो भने प्रतिस्ठानकै नवलपुर क्षेत्र नम्बर १ ले सान्त्वना स्थान प्राप्त गरेको थियो । तृतीय हुनेले नगद १५ र सान्त्वना हुनेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

यसैगरी, महोत्सवमा सम्पन्न नवलपुर डान्स आईडलको बिजेताको नाम भने भोलि मात्रै घोषणा गरिने आइडलका निर्णायक पवन सिग्देलले जानकारी दिए । महोत्सवमा सम्पन्न अन्तर मावि जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगितामा बिजय सामुदायिक शिक्षा सदन गैंडाकोटकि साहारा सापकोटा प्रथम भएकी छिन् ।

त्यस्तै शिव नमुना माबी कावासोतिका ईश्वर रेग्मि दित्तिय भए भने शिव माबिकै अनुशा क्षेत्री तृतीय भईन् । महोत्सवको आजको सास्कृतिक कार्यक्रमको प्रमुख अतिथी कावासोती नगर प्रमुख चन्द्रा कुमारी पुन रहेकी थिइन् ।

आइतबारसम्म संचालन हुने महोत्सवमा दैनिकजसो दर्शकहरुको भिड पनि बढ्दै गईरहेको छ । महोत्सवमा विभिन्न जातजातीका परम्परागत घर, विभिन्न खानाका परिकार, कृषी उपजको प्रदर्शनी, अटो मोवाईलको प्रर्दशनी लगाएतका स्टलहरू रहेका छन् । नवलपुर महोत्सवमा जिल्ला स्तरिय भलिबल प्रतियोगिता, हिमाल, पहाड तराई झल्कने आकृती दर्शकहरुको थप आकर्षण बनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित