२० कार्तिक २०८३, शुक्रबार

‘आफूसँग रहेका किताब कारागारलाई दिनुहोस्’

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-मिना बुढाथोकी

सल्यान, १४ माघ । कारागारलाई किताब अभियान उपसमितिले आफूसँग रहेका किताब कारागारलाई उपलब्ध गराउन सुभेच्छुक सबैलाई आग्रह गरेको छ ।

सल्यानमा रहेको कारागारलाई किताब संकलन अभियानमा सहभागी हुनका लागि जो कोहीले पनि आफूसँग रहेका किताब उपलब्ध गराउन सक्ने भन्दै नयाँ अथवा पुराना किताब उपलब्ध गराउन सक्ने अभियान उपसमितिका संयोजक तथा सल्यान प्रहरी प्रमुख डिएसपी विरेन्द्र बहादुर शाहीले आग्रह गरे ।

कारागरका बन्दीको अर्को संसार कहाँ छ ? त्यो संसार किताबमा छ, भन्ने उद्देश्यका साथ जिल्लामा कारागारलाई किताब अभियान शुरु भएको जानकारी दिदै उनले कारागारलाई किताब उपलब्ध गराउन चाहने शुभेच्छुकले जिल्ला प्रहरी कार्यालय सल्यानमा सम्पर्क गर्न सक्ने बताए ।

जिल्ला कारागार सल्यानमा विभिन्न अभियोगमा सजाय भोगिरहेका कैदीबन्दीहरु जीवन जिउने कला तथा सकारात्मक सन्देशले भरिएका पुस्तकहरु संकलन गरि कारागारलाई उपलब्ध गराएसँगै कारागारमा पुस्तकालयको व्यवस्था समेत गरिने भएको उनले बताए ।

यस्तै उपसमितिले जिल्लामा रहेका सबै १० वटै स्थानीय तहसँग कारागारलाई किताब अभियान लाई आवश्यक सहयोग गर्न समेत पत्राचार गरेको छ । संकलन गरिएका किताबहरु कारागारमा हस्तान्तरण गर्ने उपसमितिका सहसंयोजक सोविता बस्नेतले जानकारी दिएकी छन् । अभियानलाई सफल बनाउनका लागि हालै उपसमितिको बैठक बसी यस्ता निर्णयहरु गरिएको उनले बताई् ।

किताब पढौं, जीवनलाई बदलौं, कर्णाली प्रदेशका कारागारलाई किताब अभियानमा सहभागी बनौं भन्ने उद्देश्यले प्रदेश प्रहरी कार्यालयले कर्णालीका सबै जिल्लामा यस अभियानको शुरुवात गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।