२० कार्तिक २०८३, शुक्रबार

लागूऔषध र बाघको हड्डीसहित ३ जना पक्राउ

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ माघ । प्रहरीले लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्राभाग नागढुङगाले अबैध बिहान ०४:३० बजे सर्लाही बाट काठमाण्डौ आउदै गरेको यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा अवैध लागुऔषध १४ सय ८५ ट्याबलेट सहित सर्लाही रामदाम गाउँपालिका ७ का विकास कुमार गुप्तालाई पक्राउ गरेको हो ।

गुप्तालाई लागूऔषध सहित पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसैबीच,  महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी प्रभाग चाल्नाखेलबाट खटिएको प्रहरी टोलिले बाघको हड्डी जस्तो देखिने बस्तुसहित २ जनालाई पक्राउ गरेको छ ।

शनिबार दक्षिणकाली नगरपालिका १ चाल्नाखेलकी सविता लामाको घरबाट ५६ पिस बाघको हड्डी जस्तो देखिने बस्तु बरामद गरेको हो । प्रहरीले सविता लामा र सिन्धुपाल्चोक चोगदे ६ का अजय गुरूङलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।