२० कार्तिक २०८३, शुक्रबार

उदयपुर र मोरङबाट लागूऔषधसहित ७ जना पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, १० माघ । उदयपुर र मोरङबाट प्रहरीले लागूऔषधसहित ७ जनालाई पक्राउ गरेको छ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–३, कालीखोला किनारबाट ६ जना पक्राउ परेका छन्। बेलका नगरपालिका–४, गुरुङचौरीका ३३ वर्षीय राजु कार्की, ३२ वर्षीय राजु राई, ३३ वर्षीय अर्जुन राई, २५ वर्षीय नविन राई, चौडण्डीगढी नगरपालिका–३, बसाहाका ३० वर्षीय मीनबहादुर मगर र सप्तरीको सप्तकोशी नगरपालिका–१ का ३६ वर्षीय मनोज मगरलाई प्रहरीले पक्राउ गरेको हो।

खोला किनारमा शंकास्पद अवस्थामा फेला परेका सबैलाई चेकजाँच गर्दा लुपिजेसिक, फेनारगन र डाइजोल्याब लगायतका लागूऔषध बरामद भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

यसैगरी, मोरङको विराटनगर महानगरपालिका–१५ बाट सुनसरीको ईटहरी उपमहानगरपालिका–८ का १८ वर्षीय पप्पु मेहतालाई प्रहरीले पक्राउ गरेको छ। उनको साथबाट लुपिजेसिक, फेनारगन, एभिल, डाइजेल्याब र नाइट्रोसनलगायतका लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सातै जनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।