२० कार्तिक २०८३, शुक्रबार

शुक्रबारदेखि सुदूरपश्चिम प्रदेशबाट पनि श्रम स्वीकृति दिइने

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अत्तरिया, ८ माघ । सुदूरपश्चिम प्रदेशमा यो हप्ताभित्रै श्रम स्वीकृति दिने तयारी भइरहेको छ ।

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको श्रम तथा रोजगार कार्यालयबाट श्रम स्वीकृति दिने तयारी भइरहेको कार्यालय प्रमुख कृष्णानन्द जोशीले बताउनुभयो ।

उहाँले शुक्रबारदेखि श्रम स्वीकृति दिने तयारी भइरहेको जानकारी दिनुभयो । प्रदेशबाटै श्रम स्वीकृति दिइने भएपछि विभिन्न जिल्लाबाट श्रम स्वीकृति लिन काठमाडौं धाउनुपर्ने बाध्यता हट्नेछ । श्रम स्वीकृति लिनको लागि प्रकृति हेरेर निश्चित दस्तुर तिर्नुपर्ने कार्यालय प्रमुख जोशीले बताउनुभयो । –रासस