
काठमाडौं, ८ माघ । सक्कली सर्टिफिकेट, सवारी अनुमतिपत्र, नागरिकता लगायतमा रहेको नाम हटाई नक्कली नाम राखी विभिन्न प्रयोजनका कागजात बनाउने कार्यमा संलग्न काठमाडौं तारकेश्वर बस्ने काभ्रे घर भएका विपुन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं तारकेश्वर-११ मनमैजुमा रहेको उग्रचण्डी साईवरमा नक्कली कागजात बनाउने गरेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले नक्कली कागजात बनाएको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।
साथै साईबरबाट नक्कली सर्टिफिकेट लगायतका नक्कली कागजात बनाउन प्रयोग हुने ल्यापटप, फोटोकपी प्रिन्टर, पेनड्राईभ र तयारी अवस्थामा रहेको नक्कली कागजातहरु समेत प्रहरीले बरामद गरेको छ ।












प्रतिक्रिया