
कपिलबस्तु, ७ माघ । कपिलबस्तुको बुद्धभूमी नगरपालिका–९ स्थित अगैवा तथा कुचुवा नदीमा अबैध रुपमा नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) को चोरी निकासी बढेको छ ।
नगरपालिकाले नदी जन्य पदार्थको निकासीका लागि हाल मात्र टेण्डर आह्वान गरेतापनि अझै टेण्डर स्वीकृत भई नसकेका कारण चोरी निकासीमा वृद्धि भएको हो ।
चोरी निकासी तीव्र रुपमा बढेपनि नगरपालिका तथा सम्बन्धीत निकायहरुले कुनै ध्यान दिएका छैनन् । उक्त चोरी निकासीमा पार्टीमा सम्बद्ध व्यक्तिहरुकोसमेत प्रत्यक्ष संलग्नता रहेको पाइएको छ ।
विकास निर्माणका नाममा ठेकेदारहरुले चोरी निकासीका ढुङ्गा, गिठ्ठी, बालुवा प्रयोग गर्ने गरे पछि चोरी निकासी मौलाएको हो ।
समयमै हुनु पर्ने टेण्डर नहुँदा नदीहरुबाट लाखौ रुपैयाँको राजश्व चुहावट भई रहेको भएतापनि सम्बन्धीत निकायहरु मौन रहेका छन् ।












प्रतिक्रिया