२० कार्तिक २०८३, शुक्रबार

फुल्चोकी जंगलमा हराएका ३ जनाको सकुशल उद्धार

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, ७ माघ । गोदावरी नगरपालिका–३ फुल्चोकीको जंगलमा आइतबार हराएका तीन जनाको सोमबार सकुशल उद्धार गरिएको छ ।

नुवाकोटकी १८ वर्षीया मल्लिका तामाङ र १७ वर्षीया मुस्कान तामाङ तथा काठमाडौं क्षेत्रपाटी बस्ने महोत्तरीका १९ वर्षीय अभिलेखप्रसाद साह आइतबार घुम्न फुल्चोकीमा घुम्न गएका थिए ।

अबेरसम्म घर नफर्केपछि अभिभावकले खोजी दिन आग्रह गरेका थिए । गोदावरी बसपार्कबाट करिब ९ किमीटाढा फुल्चोकी जंगलको खोचमा उनीहरुलाई फेला पारेको प्रहरीले जनाएको छ ।