काठमाडौं, ६ माघ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसद कोमल ओलीले विद्यालयका लागि सहयोगार्थ आयोजना गरिएको श्रमद्भागवत धनधान्यचल विराट ज्ञान महायज्ञलाई आर्थिक सहयोग गरेकी छिन् ।
दाङको बराह माध्यामिक विद्यालयको सहयोगार्थ आयोजना गरिएको श्रीमद्भागवत धन–धान्यचल विराट ज्ञान महायज्ञमा सांसद ओलीले १५ हजार ५ सय ५५ रुपियाँ सहयोग प्रदान गरेकी हुन् ।
सामाजिक कामका लागि सहयोग गर्नु आफ्नो दायित्व रहेको राष्ट्रिय सभाकी सांसद ओलीले बताएकी छिन् । ‘गाउँमा हुने सामाजिक काममा म मात्रै होइन सबैले गच्छेअनुसार सहयोग गर्नुपर्छ’, उनले भनेकी छिन् ।












प्रतिक्रिया