९ कार्तिक २०८३, सोमबार

विवादित कार्यक्रममा पुगेपछि उपराष्ट्रपतिलाई धक्का, होटेल उद्घाटन कार्यक्रम बहिष्कार

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ३ माघ । मापदण्डविपरीत पोखरामा बनेको भवनमा सुरु भएको होटेलको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् ।

महानगरपालिकाको मापदण्डविपरीत पोखरा–१० बुद्धचोकमा बनेको सो भवनमा सञ्चालित होटेल टास्क इन्टरनेसनलको उपराष्ट्रपतिले बुधबार उद्घाटन गरेका हुन् ।

साढे तीनतले भवन निर्माणका लागि पोखरा महानगरपालिकाबाट अनुमति लिए पनि धरधनी मीन गुरुङले १० तलाको बनाएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सो अवसरमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ पनि सहभागी थिए । भवन उद्घाटनमा सहभागी हुन मेयर मानबहादुर जिसीसहित पदाधिकारीलाई निमन्त्रणा गरिए पनि मापदण्डविपरीत बनेको संरचनामा सञ्चालित होटेल भन्दै महानगरको तर्फबाट कोही पनि उपस्थित भएनन् । घरधनी एवं होटेल सञ्चालक मीन गुरुङका अनुसार भूकम्प गएको दिन १२ वैशाख ०७२ मा घर निर्माणको जग हालिएको हो ।

महानगरले साढे तीन तलाको नक्सा पास गरेको र सोहीअनुसार निर्माण सम्पन्न प्रमाणपत्र लिएको उनले जानकारी दिए । साढे तीन तलाको सम्पन्न प्रमाणपत्र लिएपछि अरू तला थप्दै रुफटपसहित १० तलाको भवन बनाएको उनले बताए । ‘मेरो मात्र होइन, पोखराको लेकसाइडमा यसरी धेरै घर बनेका छन्,’ उनले भने । होटेल सञ्चालक गुरुङका अनुसार १८ करोडमा निर्माण गरिएको १० तले सुविधासम्पन्न होटेलमा ३२ कोठा, एक अपार्टमेन्ट र तीन सेमिनार हल छन् ।