
कावासोती, २९ पुस । कावसोती नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष बिनोद रानाले सोही वडाकी बौद्धिक अपाङ्गता भएकी सुत्केरी सकुन्तला चापागाईंलाई सहयोग गरेका छन् । रानाले सुस्तमनस्थिति भएकी सुत्केरी सकुन्तलालाई खाध्यसामाग्री सहयोग गरेका हुन् ।
वडा अध्यक्ष रानाले आफ्नो ब्यक्तिगत खर्चमा सकुन्तलालाई घिउ, चामल, अन्डा, न्यानो कपडालगायतका सामाग्री सहयोग गरेका छन् । रोजगारीको शिलशिलामा ओमान पुगेकी चापागाईंको स्वदेश फर्केपछि मानसिक सन्तुलन विग्रेको हो ।
सहयोग सामाग्री हस्तान्तरण गर्दै अध्यक्ष रानाले आफ्ना वडामा रहेका गरिब तथा बिपन्न परिवारहरुलाई आफूले निरन्तररुपमा सक्दो सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । उनले चापागाईं परिवारलाई सहयोग गर्न सबै सरोकारवालाहरुलाई पनि अनुरोध गरेका छन् । सकुन्तलाका श्रीमान र दुई छोरी छन् ।












प्रतिक्रिया