शनिबार, २८ पुष २०७५
DainikNepal.com
शनिबार, २८ पुष २०७५

अबैध घरेलु मदिरा नष्ट

दैनिक नेपाल २०७५ पुष २८ गते १९:१०

–मिना बुढाथोकी
सल्यान, २८ पुस । सल्यान प्रहरीले अबैध घरेलु मदिरा नष्ट गरेको छ । बिभिन्न समयमा जिल्लाको शारदा नगरपालिका वडा नम्बर १, १२ र १५ बाट नियन्त्रणमा लिएको अबैध घरेलु मदिरा, जाँड र मदिरा बनाउन प्रयोग गरिने औषधी नष्ट गरेको प्रहरीले जनाएको । पछिल्लो समय सल्यान प्रहरीले अबैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गर्दै आएको छ ।

प्रहरीले शनिवार बरामद गरिएको ५० लिटर मदिरा, २ हजार लिटर जाँड र मदिरा बनाउन प्रयोग गरिने १७ किलोग्राम कच्चा पदार्थ औषधि बरामद गरि नष्ट गरिएको ईलाका प्रहरी कार्यालय सितलपाटीका प्रहरी नायव निरिक्षक भागीरथ चन्दले जानकारी दिए । यस्तै मदिरा बनाउन प्रयोग गरिएका केही थान भाँडाहरु पनि बरामद गरिएको उनले बताए ।

मदिरा सेवन कै कारण समाजमा हिंसा, बलात्कार, चोरी डकैती, झैझगडा हुने भएकाले त्यस्ता घटनाहरुलाई नियन्त्रण पनि मदिरा नियन्त्रण गरी बरामद गरिएको उनको भनाई छ । उनले सभ्य र शान्त समाज निर्माण सँगै हरेक नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने प्रहरीको दायित्व भएको बताए ।

अबैध मदिरालाई प्रहरी, शारदा नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष नबराज बुढाथोकी, उद्योग बाणिज्य संघ सल्यानका अध्यक्ष वीर बहादुर चलाउने, निबर्तमान अध्यक्ष सुधन श्रेष्ठ, श्रीनगर बजार ब्यबस्थापन समितीका अध्यक्ष सुरेन्द्र बुढा लगाएत, उद्योगी, व्यापारी, बुद्धिजीवीहरुको रोहवरमा ईलाका प्रहरी कार्यालय सितलपाटीले नस्ट गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित