बुधबार, ४ असार २०७६
DainikNepal.com
बुधबार, ४ असार २०७६

३८ क्विन्टल सुन प्रकरणका आरोपितको सुनुवाइ हुँदै

दैनिक नेपाल २०७५ पुष २७ गते १४:००

काठमाडौं, २७ पुस । ३८ क्विन्टल सुन तस्करीको आरोवमा पक्राउ परेका पाँच जनाको मुद्दामा सर्वोच्चले शुक्रबार सुनावाइ गर्दै छ ।

आरोपितहरु डिएसपी सञ्जयबहादुर राउत, तुलाराम थारु, रामकुमार तिवारी र गोविन्दप्रसाद निरौला र महावीरप्रसाद गोल्यानको मुद्दा उक्त इजलासमा सुनुवाइ हुँदैछ ।

जिल्ला अदालत मोरङको थुना गर्ने आदेशलाई उच्चले पनि निरन्तरता दिएपछि सर्वोच्चमा निवेदन परेको थियो । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले यसबारे शुक्रबार फैसला गर्दैछ ।

प्रतिक्रिया
सम्बन्धित