बिहीबार, ७ चैत २०७५
DainikNepal.com
बिहीबार, ७ चैत २०७५

ट्रक र ट्याक्टरको बीचमा च्यापिएर मिस्त्रीको मृत्यु

दैनिक नेपाल २०७५ पुष २६ गते १९:१४

–मिना बुढाथोकी
सल्यान, २६ पुस । सल्यानमा ट्रक र ट्याक्टरको बीचमा च्यापिएर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुमको चौरजहारी नगरपालिका–६ घर भई हाल सल्यानको श्रीनगरमा बस्दै आएका २५ वर्षीय राजेश जैसी रहेको प्रहरीले जनाएको छ ।

जैसी श्रीनगरमा रहेको एक मोटर ग्यारेजमा मिस्त्रीको रुपमा काम गर्दै आएका थिए ।

सल्यानको शारदा नगरपालिका १ श्रीनगरमा मर्मतका लागी रोकि राखिएको लु १ ख ४१२४ नम्बरको ट्रक मर्मत पछि स्टार्ट गर्न लाई रा १ त १४४१ नम्बरको ट्याक्टरले बिचमा फ्ल्याक राखेर तान्ने क्रममा प्mल्याक उम्किदा उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

गम्भीर घाईते भएका जैसीलाई जिल्ला अस्पताल सल्यानमा पुर्याउने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी विरेन्द्र बहादुर शाहीले जानकारी दिए । ट्रक चालक त्रिवेणी गाउँपालिका –२ निवासी ३० वर्षीय डब्बल सिं थापा र ट्याक्टर चालक शारदा नगरपालिका –१ निवासी २१ वर्षीय सुमन योगी हाल प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान भई रहेको प्रहरी प्रमुख डिएसपी शाहीले बताए ।

प्रतिक्रिया
सम्बन्धित