काठमाडौं, २६ पुस । पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका–२ का स्थायी बासिन्दा निश्चल भनिने ३४ वर्षीय गणेश ढकाललाई प्रहरीले बैंकिङ कसूर मुद्दामा पक्राउ गरेको छ ।
पुतलिसडकस्थित गेट्स नामक कन्सल्टेन्सी चलाउँदै आएका ढकालले क्यानडा पठाइदिने भन्दै २५ जनाभन्दा धेरैसँग करोड रकम लिएर फरार भएपछि पीडितको उजुरीका आधारमा महानगरीय प्रहरी अपराध महाशाखा टेकुले बुधबार पक्राउ गरेको एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।
सूर्यविनायक बस्ने आभाष खनाललाई बैंक मौज्दात नरहेको ७ लाख रुपियाँको चेक दिएपछि उनीविरुद्ध उजुरी परेको थियो । एसएसपी सिंहका अनुसार ढकाल पुतलीसडकको कन्सल्टेन्सी नै बन्द गरेर फरार भएका थिए ।
ढकालले क्यानडा पठाउनेभन्दै विभिन्न व्यक्तिबाट १ करोड ५० लाख रकम अशुलेको प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ । ढकाललाई प्रहरीले पक्राउ गरेपछि अनुसन्धान गरिरहेको बताएको छ ।












प्रतिक्रिया