
–मिना बुढाथोकी
सल्यान, २५ पुस । सल्यानको पहिलो नगरपालिका शारदा नगरपालिकाले पाँच वटा विधेयक पारित गरेको छ । बुधवार बसेको नगरपालिकाको चांैथो नगरसभा बैठकले पाँच विधेयक पास गरेको नगरका प्रवक्ता दिपक हमालले जानकारी दिएका छन् ।
नगरसभापछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नगरपालिका बाट गरिने बजार अनुगमन निर्देशिका २०७५,करारका प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०७५, न्यायिक समितिले उजुरीको किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिकोसम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०७५ पारित गरिएको उनले बताए ।
यस्तै अपाँगता भएका व्यक्तीहरुको परिचयपत्र वितरण कार्यविधि२०७५ र शिक्षा सम्बन्धी कार्यविधि नगरसभाले पारित गरेको प्रवक्ता हमालले जानकारी दिए । यस संगै अपाँगता भएका व्यक्तीले अपाँगता परिचयपत्र पाउने बाटो खुलेको छ ।
‘जिल्लामा महिला तथा बालबालिका कार्यालय नरहे दखी परिचयपत्र पाउन बाट वन्चित भएका अपांगता भएका व्यक्तीले भोलीदेखीनै अपाँगता परिचयपत्र पाउन सक्ने छन् प्रवक्ता हमालले भने ।’
नगरसभाले आर्थिक वर्ष ०७५÷०७६को नगर सभा बाट स्वीकृतनगर स्तरीय तथा वडा स्तरीय बजेट बाट विनियोजन भएको योजनाको सन्दर्भमा संसोधन र रकमान्तर गरिएको समेत हमाले जानकारी दिए ।












प्रतिक्रिया