
काठमाडौं, २५ पुुस । संसदको शिक्षा तथा स्वास्थ्य समितिको बहुमतले सहमतिविपरित शिक्षा विधेयक पारित गरेपछि सत्याग्रही डा. गोविन्द केसी आक्रोशित भएका छन् ।
समितिको निर्णय पर्खिदै अनशन सुरु नगरेका उनले १६ औं अनशन बुधबारदेखि इलाममा गर्ने घोषणा गरेका छन् । ‘४ बजेदेखि उहाँले शिक्षा विधेयक सच्याउन, भएका सहमति कायम गर्न भन्दै अनशन थाल्नुहुनेछ’, उनका सहयोगी भन्छन्,‘सहमति कार्यान्वयन मुख्य एजेन्डा बन्नेछ ।’
सरकारसँग भएको सहमतिविपरित नेकपा सांसदको बहुमतमा विधेयक पारित भएको थियो । कांग्रेसले विधेयकको विपक्षमा मतदान गरेको थियो । केसीले अब प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमलदाहाल प्रचण्डविरुद्ध लड्ने घोषणा गरेका छन् ।












प्रतिक्रिया