५ कार्तिक २०८३, बिहिबार

युवापुस्ताको मन जित्दै छन् मोडल समिर खान

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । म्युजिक भिडियोबाट कलाकारिता शुरु गरेका मोडल समिर खानलाई यो क्षेत्र रमाइलो लागेको छ ।

हाल काठमाडौंको ज्याठामा बस्दै आएका खानले आधा दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । पप गीतबाट मोडलिङ शुरु गरेका खानलाई विभिन्न म्युजिक भिडियोमा अफर आइरहन्छ । विशेष गरेर खानले पप, अधुनिक र आइटम गीतहरुमा मोडलिङ गर्न रुचाउँछन् ।

लोक दोहोरीमा पनि उनलाई मोडलिङ गर्न अफर आउने गर्छ । विज्ञताको हिसावले खान इन्टेरियर डिजाइनर हुन् । उनी विगत एक दशकदेखि इन्टेरियर डिजाइन गर्दै आएका छन् । इन्टेरियर डिजाइन एण्ड डेकोरेटमा उनको पहिचान आफ्नै खालको छ ।

समय हुनेवित्तिकै म्युजिक भिडियोमा उनी देखिने गरेका छन् । खानको पहिलो म्युजिक भिडियो ‘यात्रा’ हो । ‘यात्रा’पछि उनी निरन्तर म्युजिक भिडियोमा सक्रिय छन् । सबै प्रकारका गीत हेर्न र सुन्न उनले रुचाउँछन् ।

‘फुट्ने छ मुट’, ‘पिँजडा’, ‘साथ दिने’, ‘रन बेवी’ जस्ता गीतहरुमा मोडलिङ गरेका खानलाई कलाकारिता क्षेत्र रोचक लागेको छ । उनको अभिनिट म्युजिक भिडियो ‘रन बेवी’ चर्चामा छ ।

यो म्युजिक भिडियोबाट खान सन्तुष्ट छन् । मोडल सविता आलेसँग म्युजिक भिडियो खेल्दा सजिलो लाग्ने गरेको खानले बताए । सवितासँग धेरै म्युजिक भिडियो नगरे पनि जतिमा काम गरेका छन् सबैमा राम्रो काम भएको उनी बताउँछन् ।

पछिल्लो समय खानले टेलिफिल्ममा पनि अभिनय गरेका छन् । ‘म्युजिक भिडियोबाट कलाकारिता शुरु गरेकोमा रमाइलो लागेको छ’, उनले भने, ‘टेलिफिल्म खेल्दै छु । भविष्यमा फिल्महरु पनि खेल्ने योजना छ ।’