२० कार्तिक २०८३, शुक्रबार

फर्निचरमा आगलागी, ४० लाखको क्षति

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २१ पुस । ललितपुर महानगरपालिका–४ बागडोलस्थित फर्निचर पसलमा आज आगलागी भएको छ ।

भारतीय नागरिक विनय गौतमले सञ्चालन गरेको अच्युत पराजुलीको नाममा रहेको सोफा डेकर प्रालिमा आगलागी भएको सानेपा प्रहरी प्रभागका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी गराउनुभयो ।

उहाँका अनुसार आगलागीबाट पसलमा भएका सबै फर्निचर जलेका छन् । विद्युत् विच्छेदन भई आगलागी हुँदा करीब रु ४० लाखको नोक्सान भएको उहाँले जानकारी गराउनुभयो । –रासस