२० कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा संसदलाई सम्बोधन गर्ने, वाइड बडी घोटालामा जवाफ दिने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संसद बैठकमा सम्बोधन गर्ने भएका छन् ।

वाइड बडी विमान खरिदमा ठूलो मात्रामा आर्थिक अनियमितता भएको निष्कर्षसहित सार्वजनिक लेखा समितिमा उपसमितिले प्रतिवेदन बुझाएको भोलिपल्ट प्रधानमन्त्री ओलीले संसदमा गर्न लागेको सम्बोधन गर्न लागेका हुन ।

बहालवाल मन्त्री रवीन्द्र अधिकारीसहित दुई पूर्व मन्त्री र सचिव, पूर्व सचिव तथा वायु सेवा निगमका नेतृत्व तहका व्यक्तिहरु नै भ्रष्टाचारमा संलग्न भएको भन्दै कारवाहीका लागि सिफारिस गरेको छ ।

वाइड बडी काण्डबारे सार्वजनिक रुपमा केही नबोलेका प्रधानमन्त्री ओलीले बिहीबारको संसद बैठकमा हुने सम्बोधनको क्रममा यसबारे बोल्ने बताइएको छ ।

संसद बैठक दिउँसो १२ बजेका लागि तोकिएको छ र बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको संसद सचिवालय तथा प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सम्बोधन दिउँसो १ बजेतिर हुने गरी तयारी भएको संसद सचिवालयले जनाएको छ ।

लेखा समितिले गठन गरेको उपसमितिले वाइड बडी जहाज खरिदको क्रममा चार अर्ब ३५ करोड ५६ लाख बराबरको आर्थिक अनियमितता भएको निष्कर्षसहितको प्रतिवेदन बुधबार समितिको बैठकमा पेश गरेको हो ।

उपसमितिको प्रतिवेदनमा समितिले अध्ययन गर्न बाँकी रहेको र सबै प्रमाणहरु पनि प्राप्त भइनसकेकाले अनियमितता भएको रकम बढ्न सक्ने सम्भावना छ ।