२० कार्तिक २०८३, शुक्रबार

अत्याधिक चिसोका कारण हुम्लाका विद्यालय एक महिनालाई बन्द

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला, १८ पुस । अत्याधिक चिसोका कारण सोमबारदेखि हुम्ला जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन् । सरकारले हुम्लालगायत हिमाली जिल्लामा चिसो अत्याधिक हुने भएका कारण बर्सेनी बिदा दिँदै आएको छ ।

आइतबार वार्षिक परीक्षा सम्पन्न गरी विद्यालय बन्द गरिएको सदरमुकाम सिमकोटस्थित बालमन्दिर माविका शिक्षक कैलाश रोकायाले बताए ।

‘आगामी फागुन १ गतेसम्म विद्यालय बन्द रहने छ, अनी नयाँ शैक्षिक सत्रको शुरुवात गरिनेछ’, मानसरोवर माविका शिक्षक रेशमराज रोकायाले भने ।

जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका वर्ष फडेराका अनुसार चिसोका कारण जिल्लाका १५१ विद्यालय बन्द भएका छन् । यी विद्यालयमा १७ हजारभन्दा बढी छात्रछात्रा अध्ययनरत छन् ।