२० कार्तिक २०८३, शुक्रबार

१७ वर्षपछि पक्राउ परे हत्या अभियोगका फरार अभियुक्त

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । प्रहरीले हत्या अभियोगमा फरार एक अभियुक्तलाई  १७ वर्षपछि पक्राउ गरेको छ ।

बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने काभ्रेपलाञ्चोक साबिक खनालथोक गाउँ बिकास समिति-३ का जितेन्द्र भन्ने ज्ञानेन्द्र श्रेष्ठलाई १७ वर्ष पछि आइतबार प्रहरीले पक्राउ गरेको हो ।

२०५८ साल साउन ४ गते काठमाडौं महानगरपालिका-३५ नाकारी टोल बस्ने विष्णु घिमिरेलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका श्रेष्ठले आफ्नो बास्तबिक परिचय समेत लुकाई नाम परिवर्तन गरी फरार भएका थिए ।

उनलाई प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टाेलिले काठमाडौं महानगरपालिका-२२ सुन्धाराबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।